महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ।

सोमवार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई बढीमा सयरुपैयाँदेखि हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको हो।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि शुरु गरेर नागा बाबासम्मलाईछुट्टाछुट्टै दरले बढीमा हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको बताए। 

उनले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरेपनि कोषलाई भने त्यो नियम लागू नहुने भएकोले साधुहरुको सम्मास्वरुप दक्षिण दिएरपठाएको बताए।

शिवरात्रिका बेला साधुहरुले भक्तजनबाट पनि दक्षिणा पाएको कोषको तर्फबाट पनि दक्षिणास्वरुप साधुसन्तहरुलाई बिदाइ गर्नेप्रचलन अनुसार दक्षिण दिइ आज बिदाइ गरिएको बताए।

साधुसन्तहरुलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ। महाशिवरात्रीमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देशभारतसहित अन्य मुलुकबाट पनि साधुसन्तहरु उपस्थित रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय