बहुप्रतिक्षित मानिएको चलचित्र ‘छक्का पञ्जा ४’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार युटुब च्यानल ओसएसआरडिजिटलबाट आज ४ बजे चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरले प्रष्ट रुपमा राजनीति चलखेलको विषयलाई उठाएको छ। पाका नेताहरु कुर्सीमा अनि जवानहरु खाडीमा भन्ने भावलाईचलचित्रले जोड दिएको छ।

‘छक्का पञ्जा ४’सँगै नायक अनमोल केसी अभिनित यस वर्षको अर्को प्रतिक्षित चलचित्र ‘छड्के’ पनि सोही मितिमा रिलिज हुने भएकोछ। अर्थात फल्गुन १९ मा दुई चलचित्र भिड्ने पक्का छ।
कलाकारहरु दीपकराज गिरी, दीपा श्री निरौला, निर्मल शर्मा, केदारप्रसाद घिमिरे, बुद्धी तामाङ, निर शाह, राज आचार्य, मलिना जोशी, बेनिसा हमाल, आदि लगाायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई हेमराज बीसीले निर्देशन गरेका हुन्।
निर्माताहरु दिपेन्द्र खाँनिया र केशव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा दीपकराज गिरीको कथा, कविराज गहतराजकोकोरियोग्राफी, श्रद्धा मास्केको मेकअप र नरेन्द्र मैनालीको छायांकन रहेको छ। चलचित्रमा कलाकारहरु केदारप्रसाद घिमिरे र निर्मलशर्मा कार्यकारी निर्माताका रुपमा समेत प्रस्तुत भएका छन्।
